चितवन पहिलो पटक एनएसएलको प्लेअफमा, काठमाडौं बाहिरियो


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२


  • चितवन पहिलो पटक एनएसएलको प्लेअफमा, काठमाडौं बाहिरियो

    पोखरा । एनएसएलमा काठमाडौं बाहिरिए सगैं एफसी चितवन पहिलो पटक नेपाल सुपर लिग एनएसएल को प्लेअफमा पुगेको छ । बिहीबार भएको अन्तिम लिग खेलमा साविक उपविजेता समेत रहेको धनगढी एफसीलाई ३–१ ले पराजित गर्दै चितवनले प्लेअफमा स्थान बनाएको छ ।

    तेस्रो संस्करणमा चितवन प्लेअफ पुग्ने अन्तिम टोली बनेको छ । यसअघि नै साविक विजेता ललितपुर सिटी एफसी, साविक उपविजेता धनगढी एफसीसँगै पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ ।

    अन्तिम लिग खेल जितपछि चितवनले ६ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । पहिलो पटक प्लेअफमा पुगेको चितवनले अब एलिमिनेटरमा पोखरा थण्डर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

     

    धनगढीको यस सिजन लगातार ५ खेलको जित यात्रामा पनि ब्रेक लागेको छ । यसअघि नै पहिलो क्वालिफायर खेल्ने पक्का भएको धनगढीले अन्तिम लिगमा चितवन विरुद्ध दोस्रो रोजाईँको टिम मैदान उतारेको थियो ।

    शनिवार ललितपुरसँगको खेलअघि धनगढीले सबै खेलाडीलाई मौका दिने क्रममा दोस्रो र तेस्रो रोजाईँको किपरलाई समेत चितवन विरुद्ध खेलाएको थियो ।

    हारपछि धनगढीले ६ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानै रह्यो । अब पहिलो क्वालिफायर ललितपुर र धनगढीबीच शनिवार हुनेछ ।

    दशरथ रंगशालमा चितवनले एक गोलले पछि परेको स्थिती उल्टाउदै पुनरागमन जित हात पारेको हो ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend