टाइगर कपः माल्दिभ्समाथि एपीएफको सहज जित


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, माघ १२ २०८२


  • टाइगर कपः माल्दिभ्समाथि एपीएफको सहज जित

    पोखरा
    छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ ।
    पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।
    अब आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश प्रतिष्पर्धा गर्नेछन् । यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले त्रिभुवन आर्मी क्लबलार्य पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो । आर्मीले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरियो ।
    टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend