टाइगर कपको उपाधिका लागि गण्डकीसँग खेल्ने टोली परिवर्तन, पुलिसले फाइनल खेल्ने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, माघ १६ २०८२


  • टाइगर कपको उपाधिका लागि गण्डकीसँग खेल्ने टोली परिवर्तन, पुलिसले फाइनल खेल्ने
    Screenshot

    छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
    पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबै फाइनलमा पुगेको घोषणा गरिएको थियो । तर, सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै आयोजनक टाइगर ग्रुप अफ पोखरा नेपालले प्रेस विज्ञप्ती जारी गर्दै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिष्पर्धा हुने जानकारी गराएको हो ।
    फाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन गएको थियो । मिति २०८२ माघ १७ गते हुने पुरुषतर्फको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबीच हुने आधिकारिक जानकारी गराउदछौं,’ विज्ञप्तीमा भनिएको छ ।
    अब छैटौं टाइगर कपको उपाधिका लागि शनिबार गण्डकी र पुलिस प्रतिष्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । उक्त खेल उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend