पोखराका आर्यष मण्डिकाटार ओपनको दुई उमेर समुहको फाइनलमा


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, बैशाख २६ २०८३


  • पोखराका आर्यष मण्डिकाटार ओपनको दुई उमेर समुहको फाइनलमा

    प्रतियोगिताको फाइनल खेल (आज)शनिबार हुने२६ बैशाख, पोखरा

    पोखराका आर्यष राज पौडेल काठमाण्डौमा जारी चौंथो मण्डिकाटार जुनियर ओपन टेनिस प्रतियोगिता अन्र्तगत दुई वटा उमेर समुहको फाइनलमा प्रवेश गरेका छन् । पौडेल १६ वर्ष मुनि र १४ वर्ष मुनिको एकलतर्फ फाइनलमा पुगेका हुन् ।

    आफ्नों उमेर समुह भन्दा पनि माथिको यु–१६ सेमिफाइनलमा उनले पोखराकै सुरेन्द्र विकलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । १४ वर्ष मुनिको सेमिफाइनलमा आर्यषले पृथ्या रिजाललाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भए ।

    प्रतियोगिताको फाइनल खेल (आज)शनिबार हुने आर्यषका प्रशिक्षक समेत रहेका नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काले जानकारी दिए । उनका अनुसार आर्यषले १६ वर्ष मुनिको फाइनलमा आसव हाडासंग तथा १४ वर्ष मुनिको फाइनलमा विश्व विशेष डल्लाकोटीसंग उपाधी भिडन्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend