प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, बैशाख २० २०८३


  • प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई

    पेनाल्टिमा आर्मी ५–४ ले पराजित
    पोखरा ÷ नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधी चुमेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीम सिमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
    पोखरामै पहिलो पटक भएको महिला गोल्डकपको उपाधिसंगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता पुलिसले ३ लाख रुपैया प्राप्त गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो हाफमै १० खेलाडीमा सिमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै रोक्यो । पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सिमित भएको हो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकि डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछी रातो कार्ड पाएकी थिइन ।
    ३७ औं मिनेटमा आर्मीको अवसरमा पुलिसकी समीक्षा घिमिरे बाधक बनिन् । हिमा चौधरीले गरेको क्रस गोललाइन नजिकबाट समिक्षाले क्लियर गरिन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३ औं मिनेटमा रेखा पौडेलको प्रहारलाई आर्मीकि गोलरक्षक कोपिला खड्काले उत्कृष्ट बचाउ गर्दा रिबाउन्ड बलमा अनुस्का शेर्पाको प्रहारपनी उषाले बचाईन । ६९ औं मिनेटमा रेखाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।
    ७५ औं मिनेटमा रेखाको कर्नरमा निरु थापाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८० औं मिनेटमा अनिस्काको प्रहारमा कोपिला बाधक बनिन । ८१ औं मिनेटमा आर्मीकि चन्द्रा भण्डारीको प्रहार उषाले बचाइन । ८८ औं मिनेटमा आर्मीले स्वर्ण अवसर खेर फाल्यो । चन्द्राको पासमा हिमाको प्रहार आकाशियो । नेपाल पुलिसकी समिक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भइन ।
    पुलिसकी निर्मला सर्वोत्कृष्ट
    विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुला पाँच गोल गरिन् । पहिलो खेलमा आयोजक विरुद्ध उनले पाँच गोल गरेकी थिइन् । उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । अनुसासित टिमको पुरस्कार आर एस पोखरा फुटबलले प्राप्त ग¥यो । तीन दिनसम्म चलेको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुलिस, आर्मीसंगै संकटा र आयोजक आर.एस. पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो ।n

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend