मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा शुक्रबार भारतिय भूतपूर्व सैनिक स्वास्थ्य दौड हुने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, माघ १५ २०८२


  • मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा शुक्रबार भारतिय भूतपूर्व सैनिक स्वास्थ्य दौड हुने
    Screenshot

    मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा “स्वास्थ्य र सम्मानका लागि दौड” भन्ने मुल उद्देश्यले मेडिप्लस –इसिएचएस भारतिय भूतपूर्व सैनिक स्वास्थ्य दौड हुने भएको छ ।दौड यहि माघ १६ गते शुक्रबार हुने भएको हो ।

    स्वास्थ्य, सम्मान तथा सामाजिक सद्भाव अभिवृद्धि गर्नका लागि कार्यक्रम आयोजना गरिएको हस्पिटलले जनाएको छ ।उक्त दौड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको हस्पिटलले जनाएको छ। दौड बिहान ठिक ७ बजे अमरसिंह चौर बाट प्रारम्भ भई सोहि चौरमै पुगेर समापन हुने छ।दौड अमरसिंह चौर बाट शुरु भई बुद्धचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, रानीपौंवा पेट्रोल पम्प, गण्डकी हस्पिटल हुदै अमरसिंह चौरमा पुग्दा ५ कि.मि. दूरीमा सञ्चालन हुने छ।

    कार्यक्रमलाई व्यवस्थीत, अनुशासति तथा सुरक्षीत तवरले सम्पन्न गर्नका लागि नेपाल भूतपूर्व खेलाडी मन्च सँग प्राविधिक साझेदारी गरिएको छ । दौडमा सहभागिता जनाउनको लागि उल्लेख रुपमा भारतिय भूतपूर्व सैनिकले नामा दर्ता गराएको आयोजकले जनाएको छ।त्यस्तै क्रममा सार्वजनिक शान्ति–सुरक्षा, यातायात व्यवस्थापन, सरसफाइ तथा स्थानीय प्रशासनसँग सहकार्य भएको हस्पिटलले जनाएको छ ।

    कार्यक्रममा सहभागीहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राखी आवश्यक स्वास्थ्य सेवा, प्राथमिक उपचार, एम्बुलेन्स, स्वयंसेवक परिचालन तथा ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिएको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend