ललितपुर क्विन्सबाट एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्न थाइल्यान्डका तीन खेलाडी नेपाल आइपुगेका छन् । उनीहरू तीन जनालाई नै ललितपुर क्विन्सका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । ललितपुरमा पहिलो संस्करणको लिग खेलेका आउटसाइड हिटर वारान्या श्रीलाओङ र सेटर पत्राथिप सान्त्राकुनसँगै आउटसाइड हिटर दारिन पिन्सुवान अनुबन्धित गरेको थियो ।राष्ट्रिय टिमकी लिबेरो सलिना श्रेष्ठ मार्की रहेको ललितपुरमा संगम महतो, लक्ष्मी चन्द, सलिना बुढा मगर, सुनिता राई, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगी छन् । प्रतियोगिता २० भदौ देखि पोखरा रंगशाला कबर्डहलमा सुरु हुँदैछ ।