उद्घाटन खेल कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, भाद्र १८ २०८२


  • उद्घाटन खेल कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुने

    एभरेष्ट महिला भलिबल लिग को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुने भएको छ। उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २ बजे शुरु हुनेछ ।

    शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हनेछ। इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुँदैछ ।

    जहाँ साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    सहभागि टोलीले सिंगल राउण्ड रोविनका आधारमा एक आपसमा खेलेपछि सर्वाधिक अंक जोड्ने दई टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ । दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी एभरेष्ट महिला भलिबल लिग खेल्न नेपाल आएका छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend