एभरेष्ट भलिबल लिगको ट्रफी अनावरण तथा ट्रफी टुर कार्यक्रम पोखरामा भव्य रुपमा सम्पन्न


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, भाद्र १८ २०८२


  • एभरेष्ट भलिबल लिगको ट्रफी अनावरण तथा ट्रफी टुर कार्यक्रम पोखरामा भव्य रुपमा सम्पन्न

    एभरेष्ट महिला भलिबल लिगको ट्रफी अनावरण तथा ट्रफी टुर कार्यक्रम पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । यहि भदौ २० देखि २८ गते सम्म पोखरामा नै हुन लागेको सो लिगको दोस्रो संस्करणको पूर्व सन्ध्यामा पोखराको होम टिम पोखरा निन्जाजले ट्रफी अनावरण संगै ट्रफी टुर कार्यक्रम आयोजना गरेको हो ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ट्रफी अनावरण गर्दै पोखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

     

    प्रमुख आचार्यले आफ्नो होम टिमलाई जितको शुभकामना दिंदै यस प्रकारका खेल गतिविधिले पोखरालाई खेलकुदको शहरको रुपमा स्थापित गर्न भूमिका खेल्ने बताउँदै भने–“खेल केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने माध्यम समेत हो ।”

    कार्यक्रममा प्रमुख आचार्यले पोखरा निन्जाजबाट सहभागि टिमका खेलाडीहरुलाई स्वागत समेत गरेका थिए । सो अवसरमा प्रमुख आचार्यसहित, पोखरा निन्जाज टिमले पोखरा फेवातालमा ट्रफी टुर गराउँदै बराही मन्दिरको परिक्रमा समेत् गराएको थियो ।

    सो अवसरमा पोखरा निन्जाज टिमका प्रमुख नितिन खानेकर, नेपाल भलिबल संघका सल्लाहकार द्वय हरिप्रसाद पराजुली र नारायण प्रसाद शर्मा, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पाहारी, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईलगायत पर्यटन एव खेलप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    राजधानी बाहिर पोखरामा आयोजित दोस्रो संस्करणमा पोखरा निन्जाजले प्रगती नाथलाई मार्की प्लेयरको रुपमा अघि सारेको छ । त्यस्तै टिममा पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, अञ्जिला प्रधान, निशा महरा, भावना तामाङ, गिरिश्मा गुरुङ रहेका छन् ।

    त्यस्तै विदेशी खेलाडीहरुमा अदिओला ओवोकोनिरान, लिया बोबन र अनामरिया बेर्दिलारहेको टिमका अपरेशन हेड विकाश खेतानले मयुर टाईम्स लाई जानकारी दिए ।

    यसै गरी टिमको मुख्य प्रशिक्षकमा रुपेश विष्ट र प्रशिक्षकमा सन्तोष श्रेष्ठ रहेका छन् भने टिम अपरेशनमा विशाल खेतान, फिजियोमा प्रीया लामा, मिडिया मेनेजरमा सन्ध्या ढुङ्गाना रहेका छन् ।

    पोखरा निन्जाजले टिम एम्वसडरको रुपमा नेपाली चर्चित अभिनेत्री सनिशा भट्टराईलाई अघि सारेको छ ।

    एभरेष्ट महिला भलिबल लिगमा ६ टिमको सहभागिता रहेको छ ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend