टाइगर कपः एपीएफविरुद्ध पुलिसको शानदार जित, फाइनल खेल्ने सम्भावना कायमै


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, माघ १४ २०८२


  • टाइगर कपः एपीएफविरुद्ध पुलिसको शानदार जित, फाइनल खेल्ने सम्भावना कायमै

    पोखरा
    छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ ।
    पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच बनिन् ।
    ४ खेलबाट ७ अंक जोड्दै पुलिस दोस्रो स्थानमा उग्लिएको छ । पराजित भएको एपीएफ उपाधि दौडबाट बाहिरिएको छ । एपीएफले ४ खेलबाट ५ अंक जोड्यो । ३ खेलबाट ९ अंक जोड्दै न्यू डायमण्ड स्पोट्स क्लबले फाइनलमा स्थान बनाइसकेको छ । थाइल्याण्ड क्विन्स ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब ४ खेलबाट जितविहीन रहदै बाहिरिसकेको छ ।
    अब समूह चरणको अन्तिम खेलमा न्यू डायमण्ड र थाइल्याण्ड क्विन्सबिचको खेल सुरु हुनेछ । यो खेलमा जित निकाल्न सके थाइल्याण्ड फाइनलमा पुग्नेछ । थाइल्याण्ड सोझो सेटमा पराजित भए पुलिस फाइनलमा पुग्नेछ । थाइल्याण्ड पाँचौं सेटमा पुगेर पराजित भए सेटका आधारमा कुन टोली फाइनलमा पुग्ने टुंगो लाग्नेछ ।
    पुरुषतर्फ पनि दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल पुलिस र एपीएफबिच हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend