१०औँ पोखरा स्पोर्ट्स अवार्डको ‘टाइटल स्पोन्सर’ रारा चाउचाउ


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, बैशाख ४ २०८३


  • १०औँ पोखरा स्पोर्ट्स अवार्डको ‘टाइटल स्पोन्सर’ रारा चाउचाउ

    पोखरा । १०औँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सरका रूपमा हिमश्री फुड्स प्रा.लि.को उत्पादन ‘रारा तयारी चाउचाउ’ रहने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने उक्त अवार्डका लागि हिमश्री फुड्स प्रा.लि. र अवार्ड आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच बिहीबार सम्झौता सम्पन्न भएको हो ।

    सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रबन्धक शिव गिरीले हस्ताक्षर गरेका छन् । हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसी तथा अवार्डका संयोजक एवं मञ्चका अध्यक्ष एमबी आस्था मगरको रोहबरमा उक्त सम्झौता भएको हो ।

    कार्यक्रममा बोल्दै हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसीले विगतका संस्करणहरूमा पनि सहकार्य गर्दै आएको रारा तयारी चाउचाउले १०औँ संस्करणमा टाइटल स्पोन्सरका रूपमा जोडिन पाउँदा खुसी लागेको बताए। खेलकुद क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको आफ्नो कम्पनीका लागि खेलाडीमुखी अवार्डमा सहकार्य गर्नु गर्वको विषय भएको उनले उल्लेख गरे ।

    त्यसैगरी, अवार्डका संयोजक एवं मञ्चका अध्यक्ष एमबी आस्था मगरले हिमश्री फुड्सले अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि टाइटल स्पोन्सरका रूपमा साथ दिँदै अवार्डलाई थप ऊर्जा प्रदान गरेको भन्दै आभार व्यक्त गरे ।

    हिमश्री फुड्सद्वारा उत्पादित ‘रारा तयारी चाउचाउ’ दक्षिण एसियामै पहिलो तयारी नुडल्सका रूपमा परिचित छ र नेपालमा लोकप्रिय इन्स्ट्यान्ट नुडल्समध्ये एक हो। कम्पनीले हाल ‘रारा हट एण्ड स्पाइसी’ लगायतका उत्पादनहरू पनि बजारमा ल्याएको छ। स्थानीय स्वादलाई ध्यानमा राख्दै खाद्य उत्पादन गरिँदै आएको महाप्रबन्धक शिव गिरीले बताए ।

    कुन–कुन विधामा अवार्ड?
    अवार्डमा विभिन्न आठ विधामा सम्मान प्रदान गरिनेछ। जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ÷संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् । पिपुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रा.लि.ले स्कुटर प्रायोजन गरेको छ ।

    को–को छन् सहयोगी?
    अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् काठमाडौं, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौं, होटल क्राउन प्लाजा काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक ईश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाले विशेष सहयोग गरेका छन् ।

    त्यसैगरी, तमु धिँ यूके, मञ्चका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा (अष्ट्रेलिया) तथा राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रा.लि. (राइनो क्याफे एण्ड शावरमा स्टेशन) लगायतले समेत सहयोग गरेका छन्। अन्य संघ–संस्थाहरूबाट सहयोग आउने क्रम जारी रहेको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend