कल्प मिडियाको आयोजनामा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ हुने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, भाद्र ६ २०८३


  • कल्प मिडियाको आयोजनामा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ हुने

    पोखरा । कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ ।
    पोखरा रंगशालाको मल्टिपर्पाेज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिएका छन् ।
    प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गरािसक्नुपर्नेछ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।
    अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् ।
    प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
    प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताए ।
    खेलाडीले एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघ वा सूचना विभागको कार्डको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघबाट सहभागी हुन लेखिएको पत्रसमेत उपलब्ध गराउनु पर्ने आयोजकले बताएको छ ।
    एउटा टिममा ८ जना खेलाडी र २ जना अफिसियल गरी कुल १० जनाको सहभागिता रहने नियम बनाइएको छ ।
    खेलाडीको विवरण फर्म दर्ता गरेपछि कुनै परिवर्तन गर्न नपाइने आयोजकको भनाई छ ।
    प्रतियोगिता मिडियामैत्री भएकाले पत्रकार वा संचारकर्मी मात्र सहभागी हुनुपर्नेछ । यस प्रदेशको जुनसुकै जिल्लामा कार्यरत पत्रकार वा संचारकर्मीले प्रतियोगितामा भाग लिन सक्नेछन् ।
    बाहिरी जिल्लाबाट आउने खेलाडीका लागि आयोजकले २ छाक खाना र १ रात बस्ने व्यवस्था भएको श्रेष्ठले जानकारी दिएका छन् ।
    खेल सुरु हुनु २ दिनअघि नै प्रत्यक्ष प्रसारणमार्फत ‘टाईसिट’ सार्वजनिक गरिनेछ । सहभागी टिमले खेल सुरु हुनु १ घण्टाअघि नै आयोजकलाई सम्पर्क गर्नुपर्ने र प्रतियोगितामा अनुशासन कायम गर्नुपर्ने नियम तय गरिएको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend