जनार्दन शर्माकाे गुनासाे- मैले कहाँ अध्यक्षलाई सहयाेग गरिन ?


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, साउन २१ २०८०


  • जनार्दन शर्माकाे गुनासाे- मैले कहाँ अध्यक्षलाई सहयाेग गरिन ?

    काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहयोग नगरेको प्रस्टीकरण दिएका छन्।

    जारी केन्द्रिय समिति बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डलाई आफूले असहयोग गरेको भन्दै गलत प्रचार गरेको उनले गुनासो गरे।

    उनले भने,‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, बैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउछ भनेर तैले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भएपनि त्यसको पालना गरेकै छु।,’

    शर्माले केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै हरेक प्रतिकूल परिस्थितिमा अध्यक्ष प्रचण्डको पक्षमा सदैब खडा भएको जिकिर गरे ।

    उनले भने, ‘परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सँधै अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाँही आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’

    उनले अध्यक्ष प्रचण्डसँग थप गुनासो व्यक्त गर्दै भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्यो– कुन चाँहि अप्ठेरो मोडमा तपाइले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाँहि व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाँहि भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाँही काम गर्यो होला।’

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend