नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, साउन २१ २०८०


  • नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा

    पोखरा- नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा भएको अधिवेशनबाट अनिशा श्रेष्ठ अध्यक्ष पदमा चयन भएकी हुन् । उनि सिटी वान टेलिभिजनमा कार्यरत रहेकी छन् ।

    त्यसैगरी उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ र सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य अल्चना श्रेष्ठ र अभिनन्दन बजिमया रहेका छन्। उनिहरुलाई भेलाले सर्वसम्मत चयन गरेको हो ।

    नवनिर्वाचित अध्यक्ष अनिशा श्रेष्ठले कार्यक्रममा बोल्दै आफुले बोलेर भन्दापनि काम गरेर देखाउने बताउँदै, टिम राम्रो भएको हुँदा नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार मुल उदेश्य राखेर काम गर्ने बताएकी थिइन् ।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खल कास्कीले नेवारहरुको संस्कृति र परम्परालाई संरक्षणको लागि विशेष योगदान दिएको बताएका थिए । उनले केही नेवारहरुले आफ्नो संस्कार र संस्कृतिलाई राम्रोसँग अध्ययन नगरी काम गर्दा लोप हुन सक्ने सम्भावना देखिएकोले संरक्षणको लागि छिट्टै कार्ययोजना सहित काम गर्न लागिएको उनले बताए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend