हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२


  • हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं । अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदैछ, जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना गरिँदैछ ।

    हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्वीन्स ग्याम्बिटमा १ सय महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले सोसल इयरको अवसरमा यो वर्ष चेसमा महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ । बौद्धिक खेलमा महिला शसक्तिकरणको लागि आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा ओपन, स्कुलसहित विभिन्न उमेर समूह गरी आठ स्पर्धासमावेश गरिएको छ, जसमा अनरेटेड १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’

    कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राईले भन्छन्, ‘नेपाली चेस समुदायमा महिला खेलाडीको सहभागिता साह्रै न्युन छ । त्यसैले हिमालयन क्वीन्स ग्याम्बिटले चेसमा महिला खेलाडीलाई उत्साहित पार्ने र सहभागिता बृद्धि गर्ने विश्वास गरेको छु ।’ प्रतियोगितामा सेन्ट जेभियर कलेज एकेडेमिक पार्टनरको रुपमा रहेको छ ।

    सेन्ट जेभियर कलेज, थापाथलीको वाट्रिन हलमा सञ्चालन हुने एक दिने प्रतियोगिता स्वीस लिग प्रणालीअनुसार र्यापिड चेसको आधारमा हुनेछ । सात राउन्डको प्रतियोगितामा प्रत्येक खेलमा एक खेलाडीले १० मिनेट पाउने छन् । खुलातर्फ शीर्ष तीन खेलाडी तथा विद्यालयतर्फ शीर्ष तीन स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गल्र्स यू १०, यू १३, यू १६ र भेट्रान (५० वर्षमाथि) को स्पर्धा पनि समावेश गरिएको छ ।

    काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीमा सञ्चालित हिमालयन चेस एकेडेमीले दोस्रोपल्ट महिला चेस प्रतियोगिता आयोजना गर्न लागेको हो । उसले गत वर्ष हिमालयन तीज टोर्नी आयोजना गरेको थियो । २०८० साल चैत १ गते उद्घाटन गरिएको एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु गरी आठ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।

    चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend