नेपाल टेलिकमले ल्यायो अटम अफर, के-के छन् सुविधा ?


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०


  • नेपाल टेलिकमले ल्यायो अटम अफर, के-के छन् सुविधा ?

    काठमाडौं( नेपाल टेलिकमले विभिन्न भ्वाइस तथा डाटा अफर ल्याएको छ। टेलिकमले बिहीबारदेखि लागु हुने ुअटम अफरु अन्तर्गत विभिन्न प्याकेजहरु उपलब्ध गराउने छ।

    यो अफरअन्तर्गत अनलिमिटेड अन-नेट भ्वाइस प्याकेजमा १३ रूपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ। त्यसैगरी सोही अनलिमिटेड अन(नेट भ्वाइस प्याकेजअन्तर्गत १३ रूपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ।

    अल नेट भ्वाइस प्याकअन्तर्गत १८ रूपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

    यसैगरी अल टाइम डाटा प्याकअन्तर्गत ९५ रूपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ। त्यसैगरी आकर्षक सुविधासहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुने टेलिकमले जनाएको छ।

    कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ। यसअनुसार ६ सय ३६ रूपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ।

    यस्तै कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ। सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ।

    अटम अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८१४१५८१३ डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend