‘ढाका टोपी शिरैमा’ गीत सार्वजनिक


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, भाद्र १६ २०८२


  • ‘ढाका टोपी शिरैमा’  गीत सार्वजनिक

    हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत युट्युबमा सार्वजनिक भएको छ । ‘ढाका टोपी शिरैमा’ बोलको गीतमा दीपक शर्माको संगीत, धनबहादुर कार्कीको शब्द, आशिष अविरल र मेलिना राईको स्वर रहेकोछ । गीतमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् ।

    गीत सार्वजनिक गर्नुपूर्व हरिवंश, प्रकाश र स्वस्तिमा सामाजिक संजालमा लाइभ आएका थिए, जहाँ हरिवंशले आफ्नो आइकोनिक पात्र ‘हरिबहादुर’को चर्चा गरे ।

    ५२ एपिसोडको ‘हरिबहादुर मदनबहादुर’ सिरिजको हरिबहादुर पात्रलाई फिल्ममा ढाल्ने कुरा सुरुमा डाउटफुल लागेपनि अन्य प्रक्रियामा हेर्दाखेरी सिनेमालाई सुहाउने क्यारेक्टर बनेको हरिवंशले बताए । अभिनेत्री स्वस्तिमा खड्काले हरिबहादुर र मदनबहादुर सिरियल हेरेका दर्शकलाई ‘हरिबहादुरको जुत्ता’ मनपर्ने बताएकी छिन् ।

    त्यस्तै गायक तथा अभिनेता प्रकाश सपुतले आफूले सानैदेखि मह सिरिज हेर्दै आएको बताए । ‘हाम्रो समयमा रमाइलो भनेकै मह सिरिज थियो । मैले पनि सानैदेखि मह सिरिज हेर्दै हुुर्किएको बताएका छन् ।

    यो फिल्ममा प्रियंका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपालको पनि अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

    कृष्ण थापाको छायांकन रहेको फिल्ममा सम्पादन नहकुल खड्का गरेका छन् । ‘हरिबहादुरको जुत्ता’ असोज १३ गते दशैंको फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा रहेकोछ ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend