जर्मनीमा कामदार पठाउन श्रम सम्झौता, नेपाली कामदारलाई नयाँ गन्तब्य


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०


  • जर्मनीमा कामदार पठाउन श्रम सम्झौता, नेपाली कामदारलाई नयाँ गन्तब्य

    काठमाडौं : नेपाल र जर्मनीबीच आज श्रम सम्झौता हुँदैछ। श्रम सम्झौताका लागि श्रममन्त्री शरत्‌सिंह भण्डारी नेतृत्वको टोली जर्मनी पुगिसकेको छ।

    जर्मनीसँगको श्रम सम्झौताका क्रममा श्रमिक भर्ना प्रक्रिया अघि बढाउने, सामाजिक सुरक्षाका कार्यक्रममा सहभागी गराउने र मौसमी श्रमिक भर्ना प्रक्रियालाई छिटो-छरितो बनाउने जस्ता विषयमा छलफल हुनेछ।

    जर्मनीमा अदक्ष ओपेअर (घरेलु सहयोगी) देखि कृषि तथा औद्योगिक क्षेत्रमा दक्ष र उच्च दक्ष कामदार लैजानेबारे सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सम्झौता अनुसार जर्मनीमा प्रशिक्षार्थी श्रमिकका रूपमा गएर एक वर्ष त्यहाँ सीपमूलक तालिम लिएपछि मात्र श्रम बजारका लागि योग्य हुनेछन्।​

    नेपालबाट अहिले अदक्ष, अर्धदक्ष कामदार धेरै गइरहेकामा यस सम्झौतासँगै बिस्तारै दक्ष कामदारको सङ्ख्या बढ्ने अपेक्षा रहेको श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले बताए। जर्मनीमा मासिक ६ सय युरो (झण्डै ८४ हजार रुपैयाँ) पाउने गरी सम्झौता हुन लागेको हो।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend