भीजी अटोमोबाइल्स प्रालिले यही असोज २१ गते टेकु शोरुममा गरिएको फेसबुक लाइभमार्फत पहिलो बम्बर विजेता घोषणा गरेको छ । धराननिवासी राजु रिजालले पहिलो बम्पर विजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन् ।
यो योजना लागू भएदेखि प्रत्येक १५ दिनमा नेपाल अधिराज्यभरिका खरिदकर्ताहरूलाई समावेश गरी गरेको लक्की ड्रमार्फत रिजाल पहिलो विजेता बन्न सफल भएका छन् । उनले धरानस्थित नवदुर्गा अटो प्यालेसबाट एक्सिस १२५ सीसीबीएस६ खरिद गरेका थिए ।
यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि सुजुकी ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी मोटरसाइकल तथा स्कुटर एक्चेन्ज गर्दा ग्राहकहरूले १० हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् वा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ ।
भीजी अटोमोबाइल्स प्रालि सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता हो ।