लक्ष्मी सनराइज बैंकले महान् चाड दसैँ तथा तिहारलाई लक्षित गरी विभिन्न अफरहरू ल्याएको छ । बैंकले १८ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी विभिन्न प्रकारका क्यासब्याक अफरहरू ल्याएको हो ।
बैंकका अनुसार ‘दसैँ आयो’ योजनाअन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनी, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ । परम्परागत रूपमा दसैँमा गरिने गतिविधिहरूलाई थप उत्साह प्रदान गर्न जस्तैस मिठो खान(पिन, भ्रमण, सपिङ तथा रमाइलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो ।
त्यसैगरी, ुघुम्न जाऊँलाु योजनामा लक्ष्मी सनराइज बैंकको मोबाइल मनी प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशस् २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ । यो अफर असोज १८ देखि कात्तिक ९ गतेसम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनीमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नुपर्नेछ ।
अर्को अफर ुसपिङ गरौँलाु मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १ हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । सो योजना असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म लागू रहनेछ ।
यसैगरी, ‘खाऊँला पिऊँला’ योजनामा असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म फुडमान्डु एपबाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिटर क्रेडिट कार्ड वा मोबाइल मनीबाट अनलाइन भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । त्यसैगरी, यस अफरअन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ुट्याप एण्ड पेु फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा ५ सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ ।
त्यसै गरी, ुरमाइलो गरौँलाु अफरअन्तर्गत क्यूएफएक्स सिनेमा हलहरूमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल मनीमार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५ सय रुपैयाँसम्म एकपटक क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो योजना कात्तिक महिनाभरि लागू हुनेछ ।
उल्लेखित क्यासब्याक अफरहरूबाहेक असोज २५ देखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ । यो योजना ुमेरो भूमिु रेमिट्यान्स खातावाला ग्राहकहरूका लागि ५० हजार रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ । सबै योजनाहरूमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ ।
लक्ष्मी सनराइज बैंकका सेवाग्राहीका लागि यो ‘दसैँ आयो’ योजना दसैँका विभिन्न खर्च तथा गतिविधिमा क्यासब्याकको लाभ लिई दसैँलाई अझ रमाइलो बनाउने सुनौलो अवसर रहेको बैंकको भनाइ छ ।