गरिमा विकास बैंकले नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ सय रुपैयाँ नगद फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरूले यस बैंकको एउटा कार्डबाट अधिकतम २ सय रुपैयाँसम्म फिर्ता पाउन सक्नेछन् । बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न यस्तो योजना सार्वनिक गरेको जनाएको छ । यो योजना २८ असोजदेखि आगामी कात्तिक ७ गतेसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।
साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको दसैँ किनमेललाई थप सहजीकरण गर्न क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।
हाल गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं विभिन्न डिजिटल बैंकिङ इकाइमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।